Section 19
बीमा व्यवसायको प्रकार
(१) ऐनको दफा/६१ को उपदफा

(२) बमोजिम जीवन बीमा व्यवसायको प्रकार देहाय बमोजिम हुनेछः ०

(क) आजीवन जीवन बीमा,

(ख) सावधिक: जीवन- बीमा,

(ग) म्यादी:जीवन बीमा,

(घ) लघु जीवन बीमा,

(ङ) बिविध जीवन बीमा।

(२) ऐनको दफा ६१ को उपदफा (३) बमोजिम निर्जीवन बीमा व्यवसायको प्रकार देहाय बमोजिम हुनेछः-

(क) घर, सम्पत्ति तथा व्यवसाय बीमा,

(ख) मोटर बीमा,

(ग) परिवहन बीमा,

(घ) इञ्जिनियरिङ्ग बीमा,

(ङ) हवाई बीमा,

(च) दायित्व बीमा,

(छ) स्वास्थ्य बीमा,

(ज) कृषि, पशुपन्छी तथा जडीबुटी बीमा,

(झ) लघु निर्जीवन बीमा,

(ज) विविध निर्जीवन बीमा ।

(३) प्राधिकरणले वित्तीय विवरण तयार गर्ने र तथ्याङ्क व्यवस्थापन गर्ने प्रयोजनको लागि उपनियम (१) र (२) मा गरिएको वर्गीकरणको अतिरिक्त बीमा व्यवसायलाई: थप प्रकार वा उपप्रकारमा वर्गीकरण गर्न सक्नेछ।